स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थप

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १६ : ५२
स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थप

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको मन्त्रालयले जनाएको छ  ।