कोरोना अपडेट: थप ३ हजार ५५३ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १६ : २८
कोरोना अपडेट: थप ३ हजार ५५३ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४९८ र एन्टिजेन विधिबाट ४५८३ जनामा परिक्षण गर्दा ३ हजार  ५५३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ।  

नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।  यस्तै, आज थप २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१० छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

प्रतिक्रिया दिनुहोस