२५ लाख तिर्न नसकेर साउदीमा बन्धक

पत्रपत्रिकाबाट

विहीबार, २९ पुस २०७८, ०८ : १२
२५ लाख तिर्न नसकेर साउदीमा बन्धक

काठमाडौं । हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे।

साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र दुईरचार पैसा कमाएर श्रीमती र छोराछोरीलाई पठाउने। 

क्षेत्री जब अलहरफीमा पुगे। उनलाई ड्राइभर नभई मजदुरीको काममा लगाइयो। उनले पूर्वसम्झौताअनुसार ड्राइभिङ कामको भिसा बनाइदिन कम्पनीसँग आग्रह गरे। कम्पनीले शर्त तेस्र्यायो।

२ हजार ५ सय रियाल थप शुल्क तिरे मात्र भिसा परिवर्तन गरिदिने शर्त कम्पनीले राख्यो।  त्यसपछि भने क्षेत्रीको मन बदलियो। उनले कम्पनी परिवर्तन गर्ने सोच बनाए। त्यही बेला, उनलाई साउदीकै एकजनाले आफ्नो कम्पनीमा काम गरे धेरै तलब दिने आश्वासन दियो। लगत्तै उनी अर्को कम्पनीमा जान तयार भए। २०६९ सालमा ‘हमदसाउद अलहाजीरी कम्पनी’ मा ड्राइभर’को काम पाए, गाडी चलाउन थाले।  

क्षेत्रीका पासपोर्ट लगायतका कागजात भने पुरानै ‘अलफरही’ कम्पनीमै थिए। नयाँ कम्पनीका सञ्चालकले आफ्नोमा काम गरे नेपाल फर्कने बेलामा पासपोर्ट बनाइदिने आश्वासन दिएको थियो।

त्यही आश्वासनमा वर्षौं काम गर्दा पनि राम्रो कमाइ नभएपछि पासपोर्ट लगायतका सबै कागजात छोडेर नयाँ कम्पनीमा काम गर्न गएको क्षेत्रीको भनाइ छ। अर्को कम्पनीमा काम गरेका कारण उनी त्यतिबेला ‘अबैधानिक’ कामदार बनिसकेका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस