बतास समूहले खोल्यो मुख, आरोप पछि दिए यस्तो प्रस्टीकरण

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, १२ : २६
बतास समूहले खोल्यो मुख, आरोप पछि दिए यस्तो प्रस्टीकरण

काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २५ सय शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन् । उनले आफ्ना सम्बन्धमा आएका ६ आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा बलियो भएको दाबीसमेत गरेका छन् ।

‘गत हप्तादेखि बतास अर्गनाइजेसनविरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यम, अनलाइन र टेलिभिजनहरूमा प्रकाशन÷प्रसारण भइरहेका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा जे–जस्तो ढंगले एकांगी, मनोगत, भ्रामक र कपोकल्पित समाचारहरू प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस अर्गनाइजेसनका कुनै पनि जिम्मेवार व्यक्तिहरूलाई आधिकारिक रूपमा सम्पर्क गरेर सत्य÷तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरूले नगरेको हुनाले यो प्रेस विज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नुपरेको हो,’ विज्ञप्तिमा भनिएको छ ।

कतिपय सञ्चारमाध्यमका पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको यो पहिलो घटना नभएको भन्दै बतास समूहले यस घटनालाई अचम्मको विषयका रूपमा नलिएको जनाएको छ । ‘यो प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरूलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै होइन ।

सो रूपमा बुझ्ने वा हाम्रो यो विज्ञप्तिलाई त्यसरी अथ्र्याउने काम नहोला भन्ने हाम्रो ठम्याइ हो । तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ । कानुनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरू छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाइजेसनप्रति यहाँहरूले अन्यथा रूपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस