अफगानिस्तान पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

एजेन्सी

मंगलबार, २७ पुस २०७८, ११ : ११
अफगानिस्तान पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

file Photo

एजेन्सी । अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार  दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । चारको अवस्था गम्भीर रहेको छ ।

यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो ।

केही जानकारीका अनुसार गाडीमा एक मोर्टार लुकाएर राखिएको थियो । लालोपुर जिल्लाको चौकीमा गाडी पुगेसँगै त्यहाँ विष्फोट भएको थियो । मिडिया रिपोर्टका अनुसार नागरार प्रान्तको लालोपुर इलाकामा यो विष्फोट भएको हो  । यहाँ पाकिस्तानको चेक पोइन्ट  र काँडेदार तारहरु रहेका छन् । यो क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् ।

उनीहरुको तालिबानसँग हिंस्रक भिडन्त हुँदै आएको छ । आइएस आतंकवादी तालिवानको चेक पोष्ट्समा पनि हमला पनि गर्छन् । यो संगठन सन् २०१४ देखि नै यो क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएको छ । यिनीहरुको धेरै हमला सिया अल्पसंख्यक बिरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस