काठमाडौं । पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । गृहमन्त्रालय स्रोतका अुनसार सरकारले भोली सार्वजनिक बिदा नदिने निश्चित भएको हो । हरेक सोमबार नियमित बस्दै आएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवा होम आइसोलेसनमा भएका कारण आज बस्न सकेन । जसका कारण बिदा सम्बन्धि कुनै छलफल नै भएन ।
मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाणले पृथ्वी जयन्त्रीको अवसरमा बिदा दिने र नदिने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न खोजेका थिए । तर देउवा आइसोलेसनमा भएका कारण सम्भव नभएको स्रोतले जनाएको छ । मन्त्रालयका उच्च अधिकारीहरुले पृथ्वी जयन्ती भनेर नदिए राष्ट्रिय एकता दिवस भनेर सार्वजनिक बिदा दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा