भोलि छैन सार्वजनिक बिदा

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १९ : १९
भोलि छैन सार्वजनिक बिदा

काठमाडौं । पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । गृहमन्त्रालय स्रोतका अुनसार सरकारले भोली सार्वजनिक बिदा नदिने निश्चित भएको हो । हरेक सोमबार नियमित बस्दै आएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवा होम आइसोलेसनमा भएका कारण  आज बस्न सकेन । जसका कारण बिदा सम्बन्धि कुनै छलफल नै भएन ।

मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाणले पृथ्वी जयन्त्रीको अवसरमा बिदा दिने र नदिने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न खोजेका थिए । तर देउवा आइसोलेसनमा भएका कारण सम्भव नभएको स्रोतले जनाएको छ । मन्त्रालयका उच्च अधिकारीहरुले पृथ्वी जयन्ती भनेर नदिए राष्ट्रिय एकता दिवस भनेर सार्वजनिक बिदा दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस