सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए ।
सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए ।
सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग
मधेसका ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
सभामुख देवराज घिमिरे पनि पुगे ४ मन्त्रीको शपथ समारोहमा