काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भुक्ने कुकरको संज्ञा दिएका छन ।
शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीलाई भुक्ने कुकुरको संज्ञा दिएका हुन। उनले कोही डाक्टर भए ओलीको उपचार गर्न आग्रह गरे ।
‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उनले भने, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’ ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच रहेको भन्दै अध्यक्ष नेपालले पार्टी एकता गरेर नेकपा बनाएपछि आफूहरूलाई हेप्न र अपमान गर्न थालेको टिप्पणी गरे ।अध्यक्ष नेपालले ओलीलाई दम्भी, अहंकारी र खराब प्रवृतिको मान्छेको संज्ञा पनि दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव