काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भुक्ने कुकरको संज्ञा दिएका छन ।
शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीलाई भुक्ने कुकुरको संज्ञा दिएका हुन। उनले कोही डाक्टर भए ओलीको उपचार गर्न आग्रह गरे ।
‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उनले भने, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’ ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच रहेको भन्दै अध्यक्ष नेपालले पार्टी एकता गरेर नेकपा बनाएपछि आफूहरूलाई हेप्न र अपमान गर्न थालेको टिप्पणी गरे ।अध्यक्ष नेपालले ओलीलाई दम्भी, अहंकारी र खराब प्रवृतिको मान्छेको संज्ञा पनि दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश