काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका छन् । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका थिए ।
करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्किएका ओलीले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताएका हुन् । उनले भने, ‘उहाँसँग कुराकानी भयो, सिद्धियो नि त । कुराकानी राम्रो भयो, दुई जनाबीच ।’
एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ ।
सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभपति समेत रहेका प्रधानमन्त्री देउवालाई दिएको थियो ।प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादनै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उनको निवास बालकोट पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा