काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन गर्नका लागि अझै पनि तयारी गरिएको छैन। पाँच दलीय गठबन्धनले मन्त्रीसँग उपसभामुख पनि भागवन्डा गरे पनि उपसभामुखको निर्वाचन गर्ने तर्फ काम अघि बढेको छैन।
२०७६ माघ १२ सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै खाली भएको उपसभामुख पद २ वर्ष पुग्न लाग्दा समेत खाली नै छ। उपसभामुखको कार्यकक्षमा कोही नभएपछि माकुराको जालो मात्रै देखिन्छ।
संसद्मा बहुमत सदस्यले निर्वाचित गरेर उपसभामुख निर्वाचित गर्न सकिने भए पनि सत्तापक्ष पाँच दलीय गठबन्धनले यस तर्फ प्राथमिकता दिएका छैनन्। संविधान बमोजिम संविधान बमोजिम उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने तथा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ भने प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षलाई उपसभामुख दिनै नचाहे पछि सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले २०७७ असार १४ गते उपसभामुख नियुक्त हुन किन नसकेको भन्दै सरकारका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ पुस २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”