काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हो, जीवन रक्षा गर्नका लागि आवश्यक हरेक तयारीमा रहनुपर्छ भनेर प्रधानमन्त्रीज्यूले निर्देशन गर्नुभयो, त्यहीअनुसार हामीले केही योजनाहरू बनाएका छौँ,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने ।
मन्त्री खतिवडाका अनुसार खोप लगाउने अभियानलाई तिब्रता दिने, माघ दोस्रो साताबाट खोपको बुष्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टाइन हुँदै सबैका लागि अभियान सञ्चालन गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ गर्ने, आइसोलेसन र होल्डिङ सेण्टरहरू व्यवस्थित गर्ने लगायत निर्णयहरू भएका छन् ।
बैठकले देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन चुस्तदुरुस्त राख्ने लगायत निर्णयहरू गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार