काठमाडौँ । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ पुस २०७८, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
रवि लामिछाने अदालत उपस्थित
आगजनीपछि आइतबारदेखि सञ्चालन हुँदै उच्च अदालत तुलसीपुर
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज