यी बलिउड स्टार जो आत्महत्या गर्न चाहन्थे

एजेन्सी

शुक्रबार, २३ पुस २०७८, १२ : ०७
यी बलिउड स्टार जो आत्महत्या गर्न चाहन्थे

काठमाडौं । भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो ।

१५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान लागेका थिए । बलिउडमा तीर्थानन्द भन्दाअघि कयौं ठूला स्टारहरूमध्ये केहीले आफ्नो परिस्थितिबाट हार मान्दै र केहीले भने बिरामीका कारण आत्महत्याको सोच बनाइसकेका छन् ।

अभिनेता अध्ययन सुमन एक समय डिप्रेसनको शिकार भएका थिए । लबी कल्चरको शिकार भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो । यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए ।

कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो । उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटकपटक आत्महत्या गर्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस