काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि. इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयरका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउने जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डि. इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकहरुलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क