सुदूरपश्चिममा एकैदिन ५५ मा सङ्क्रमण

रासस

बुधबार, २१ पुस २०७८, २१ : १६
सुदूरपश्चिममा एकैदिन ५५ मा सङ्क्रमण

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा बुधबार एकैदिन ५५ मा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १२६ को नमूना परीक्षण गर्दा ५५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआरमार्फत नौ र एन्टीजेनमार्फत ४६ मा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा सात र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार्फत कैलालीका ३३ र कञ्चनपुरका १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा ४० मा सङ्क्रमण पुष्टि हुँदा चारजना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस