दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, १९ : ३३
दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै परकम्प गइसकेको छ । 

प्रतिक्रिया दिनुहोस