विश्वभर कहाँ कसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस ? (फोटोफिचर)

सूर्यप्रकाश कँडेल

बुधबार, १९ बैशाख २०७५, १५ : ३०
विश्वभर कहाँ कसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस ? (फोटोफिचर)


चितवन । हरेक वर्ष मे एक तारिखमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हक, अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यस वर्ष हिजो मंगलबार विश्वभर कहाँ कसरी मनाइयो त अन्तर्राष्ट्रिय श्रमिक दिवस ? हेर्नुहोस् नौ तस्बिर :


वीरगन्जको माइस्थान चोकमा मजदुरहरुको स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मीहरु । तस्बिर : रासस

 


क्युबाको हवानास्थित क्रान्ति चोक (रिभोलुसन स्क्वायर) मा राष्ट्रिय झण्डा फहराउँदै एक युवती । तस्बिर : एपी

 


स्वीजरल्याण्डको बसेलमा आयोजित ¥यालीमा दौडिँदै युवा । तस्बिर : एपी

 


अमेरिकाको लस एञ्जेलेसमा आयोजित ¥यालीमा सहभागी महिला । तस्बिर : एएफपी

 


होण्डुरसका राष्ट्रपति जुआन ओर्लाण्डो हर्नाण्डेजको राजीनामा माग गर्दै निकालिएको जुलुसका सहभागी दंगा प्रहरीसँग झडप गर्दै । तस्बिर : एएफपी

 


टर्कीको स्तानबुलमा आयोजित जुलुसका सहभागी कार्यक्रमपछि चौरमा थकाई मार्दै । तस्बिर : एएफपी

 


क्युबाको हवानास्थित क्रान्ति चोकमा आयोजित जुलुसमा सहभागी स्थानीय । तस्बिर : सिन्ह्वा

 


लेबनानको बेरुत शहरमा आयोजित जुलुसका सहभागी । तस्बिर : सिन्ह्वा

 

अर्मेनियामा आयोजित जुलुसका सहभागी । तस्बिर : एएफपी

 

प्रतिक्रिया दिनुहोस