काठमाडौं । पछिल्ला तीन दिन उच्च अंकले उकालो लाग्दै आएको शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा आएर थामियो ।
सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो । जलविद्युत र वित्त समूह बाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक माथिको गिरावट आयो । लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३६ कम्पनीको साढें ९५ लाख कित्ता शेयर ४ अर्ब ६२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ३४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५२ को बढ्यो भने ४ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार