९८ दिन लामो उपचारपछि माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १६ : ४३
९८ दिन लामो उपचारपछि माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न चीनकाे थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् ।

पुनको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए पनि उनी तीन दिनपछि नेपाल फर्किने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस