सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, २० : १४
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।  बैठक सोमबार बिहान बस्ने भएको हो । 

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन। यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । 

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस