कोरोना अपडेट: थप २१६ जनामा संक्रमण, २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, १६ : २१
कोरोना अपडेट: थप २१६ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९६२ र एन्टिजेन विधिबाट १ हजार६६९ जनामा परिक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २८ हजार ९८६ र एन्टिजेनबाट ९६ हजार २४५ जना पुगेको छ ।  

यस्तै, आज थप २०९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९६ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस