काठमाडौं। निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका छन्।
आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली संकलन गरिरहेको जनाएको छ।
यसअघि गत मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो। एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो। मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो भने तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो।
आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिँदै छ। तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगको भनाइ छ। हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ पुस २०७८, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’