साढे ७ लाख मतदाता थपिए

सफल खबर संवाददाता

शनिबार, १७ पुस २०७८, ११ : ४८
साढे ७ लाख मतदाता थपिए

काठमाडौं। निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका छन्।

आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली संकलन गरिरहेको जनाएको छ।

यसअघि गत मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो। एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो। मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो भने तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो।

आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिँदै छ। तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगको भनाइ छ। हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस