काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् ।
आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ पुस २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउनु पर्छ : माधव सापकोटा
माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर
उपाध्यक्ष महरा पक्राउबारे माओवादी बैठकमा छलफल
परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ
माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलि टुंगो लगाउने
माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, कुन प्रदेशमा को ?