काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ ।
भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिनबाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
सरकारले खोप लगाउन कोही नागरिक नछुटुन् भनेर १८ वर्ष माथिका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आह्वान गर्दै दुई वटा खोप केन्द्रमार्फत खोप लगाउने व्यवस्था गरेको जानकारी दिए । सरकारले काठमाडौँका ११ र ललितपुरका ११ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ पुस २०७८, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप