काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । मंगलबार सामान्य अंकले करेक्सन भएर सम्हालिने संकेत गरेको बजार बुधबार सामान्य अंकले सकारात्मक रहेको हो ।उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले उकालो लागेर २५ सय २४ कायम भएर थामियो ।
कारोबार भने साढे ३ अर्ब हाराहारीमै सीमित भयो । यसदिन आठ वटा समूह हरियो रहँदा पाँच वटा सातो रहे । निर्जिबन बिमा समूह सबैभन्दा उच्च २ सय ५१ अंकले उकालो लाग्यो ।
उत्पादनमूल, होटल तथा पर्यटन, अन्य र लघुवित्त समुह दोहोरो अंकले सुधारिंदा जिवन बिमा, बिकास बैंक र व्यापार समुह दोहोरो अंकले नै ओरालो लागेका छन् ।यस दिन ९१ कम्पनीको शेयर मुल्य बढ्दा ८७ कम्पनीको मुल्य घटेको छ । यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ५६ लाख बढी कित्ता शेयर ३ अर्ब ६२ करोढ बढीमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ पुस २०७८, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !