माओवादी महाधिवेशन- बन्दसत्र सुरु, समूहगत छलफलका निष्कर्ष सुनाइँदै

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १३ : ४८
माओवादी महाधिवेशन- बन्दसत्र सुरु, समूहगत छलफलका निष्कर्ष सुनाइँदै

काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको छ ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ । त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस