काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मोसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
यस्तै दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
यस्तै सुदुरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशहाखाको भनाइ छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको पनि महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ पुस २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना