नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन सुरू

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, १५ : २२
नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन समारोह जारी छ । ५ दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब १६०० प्रतिनिधि सहभागी छन् । यो महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेता उपस्थित छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झापामा रहेका कारण उनी सहभागी छैनन् । माओवादी अध्यक्ष प्रचण्डले बिहान ओलीलाई टेलिफोन गरी महाधिवेशनको निम्तो दिएका थिए ।

राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको माओवादी हिजो साँझ कार्यक्रमलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस