काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताएका छन। आज कांग्रेसका नव निर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई समान व्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रुपमा उभ्याउने बताएका हुन ।
सभापति देउवाले आफूलाई सबैको मतको कदर पनि बताए । यसैगरि उनले आगामी निर्वाचनबाट कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउनुपर्ने चुनौती आफू सामु रहेको बताउदै सभापति देउवाले भने ‘यो चुनौतीको समाधान कांग्रेसभित्रको एकताले मात्रै सम्भव हुन्छ ।’
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन । महाधिवेशनबाट १३ पदाधिकारीसहित एक सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नेछन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापतिको राजीनामा पछि कांग्रेसमा अब के हुन्छ ? (प्रक्रियासहित)
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
काँग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने काँग्रेसको निर्णय