धनुषा । १४ महिने बालकको अपहरण गरेको आरोपमा जनकपुरधाममा एक भारतीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ ।
बुधवार साँझ अन्दाजी ७ बजे जनकपुरधाम उपमहानगरपलिका १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको घर अगाडिको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । त्यसलगत्तै रासलालले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरी टोलीले ठाकुरलाई भारततर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या