काठमाडौं । १४ औं महाधिवेशनबाट नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्दैछ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार ११ बजे बैठक बस्ने जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र कोषाध्यक्ष मनोनीत गर्ने विषयमा बैठकमा छलफल हुने पौडेलले बताए। मंसिर २४ देखि २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्।
१३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा। शेखरप्रसाद कोइराला पक्षका हुन्। निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए।
कांग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन्। विधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेछन्। त्यससँगै केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस