एसओएस बालग्रामको परिवार सुद्ढिकरण कार्यक्रम, महानगर प्रमुख दाहालद्वारा उच्च प्रशंसा

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १९ : ४५
एसओएस बालग्रामको परिवार सुद्ढिकरण कार्यक्रम, महानगर प्रमुख दाहालद्वारा उच्च प्रशंसा

चितवन ।  एसओएस बालग्राम भरतपुरले एसओएस बालग्राम परिवार सुद्ढिकरण कार्यक्रम सम्पन्न गरेको छ । ३५५ परिवारलाई जिविकोपार्जन सहयोग अन्तरगत सहयोग हस्तान्तरण भएको छ । गौरीगन्ज माविमा अध्यानरत ९६ जना छात्रछात्राहरूलाई विद्यालय सामग्री झोला, कपी, कलम र न्यानो कपडा तथा विद्यालय पोसाक प्रदान गरिएको छ । 

जिविकोपार्जन कार्यक्रमअन्तरगत २ परिवारलाई बाख्रा प्रदान गरिएको छ । संसारीमाई टोल सुधार समिति अन्तर्गतका विपन्न बालबालिकाहरू ४५ जनालाई ड्रेससहित शैक्षिक सामग्री प्रदान गरिएको हो । एसओएस बालग्राममा अध्यानरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । ५ परिवारलाई सिलाई मेसिन प्रदान गरिएको छ । 

एसओएस बालग्रामका निर्देशक भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल थिइन् । प्रमुख दाहालले एसओएस हर्मन माइनर बालग्राम तथा विद्यालयले शिक्षा र विपन्न परिवारहरूको जिविकोपार्जनका लागि उल्लेख्य सहयोग गर्दै आएकोमा घन्यवाद व्यक्त गरेकी छन् । राज्यले गर्नुपर्ने काम यस परोपकारी संस्थाले गरेर राष्ट्र र भरतपुरमा भरतपुरवासीलाई  ठूलो गुण लाएको प्रमुख दाहालले बताइन् ।  

प्रमुख दाहालले जिबिकोपार्जनमा सहयोग प्राप्त भयका विपन्न परिवार तथा न्यानो कपाडा र शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यार्थीलाई यसको अधिकतम उपयोग गरि सहि सदुपयोग गर्न आग्रह गरिन् । सो अवसरमा उनले एसओएस हर्मन माईनर बाल ग्राम तथा विद्यालयले  समुदायलाई पुराएको सहयोग अनुकरणिय रहेको भन्दै भरतपुर महानगरपालिका सधै साथसाथै रहेको बताईन् । 

प्रमुख दाहालले  भरतपुर मगानगरपालिका समग्र भरतपुरको विकासमा केन्द्रित रहेको बताउँदै भौतिक पूर्वाधार शिक्षा स्वास्थ्य कृषि र पर्यटन क्षेत्रको विकासमा छलाङ मारेको अनुभूति आफूहरूलाई गरेको समेत बताइन् । कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष दामोदर न्योपानेले एस ओएस बालग्रामले उत्कृष्ठ शैक्षिक गतिविधिका साथै परोपकारी कामको उच्च नमुना प्रस्तुत गर्दै आएको बताए । 

कार्यक्रममा एन आर एन ए का सदस्य नारायणप्रसाद कंडेलले एसओएस हर्मन माईनर बालग्राम नेपालको इतिहासमा नवीन बनेको भन्दै यस संस्थाको समग्र विकास र विस्तारका लागि आफ्नो तर्फबाट हरपल सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । जगन्नाथ कंडेलले एसओएस बालग्रामले असहाय अपाड्ग  तथा दिनदुखिहरूलाई सधै सहयोग गरिरहने बताए । 

प्रतिक्रिया दिनुहोस