सरकारले दियाे विद्युत् व्यापार कम्पनीलाई लाइसेन्स

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १६ : ३३
सरकारले दियाे विद्युत् व्यापार कम्पनीलाई लाइसेन्स

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई बिजुली व्यापारको लागि अनुमति दिएको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई विद्युत व्यापारको अनुमति दिएको जानकारी दिएकी हुन् । 

उक्त कम्पनीमा विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को समान १७ प्रतिशत तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएलको) १५ प्रतिशत रहने छ । 

मन्त्री भुसालका अनुसार चाँडै निजी क्षेत्रलाई पनि यस्तो लाइसेन्स दिइने तयारी भएको छ । 

प्रतिक्रिया दिनुहोस