अफगानिस्तानमा छ सय बढी पत्रकारको जागिर गुम्यो

एजेन्सी

शुक्रबार, ०९ पुस २०७८, १२ : ०३
अफगानिस्तानमा छ सय बढी पत्रकारको जागिर गुम्यो

एजेन्सी । अफगानिस्तानमा तालीवान विद्रोहीले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले जागिर गुमाएकाे तथ्यांक सार्वजनिक भएको छ ।

रिपोटर्स विदआउट बोर्डसले गरेको सर्वेक्षण अनुसार तालीवान विद्रोहीले २ सय ३१ वटा सञ्चारगृह बन्द गर्न निर्देशन दिएको र त्यसबाट ती पत्रकारहरुको जागिर गुमेको हो ।

५ महिनाको अवधिमा जागिर गुमाउने पत्रकारहरुमा ८० प्रतिशत महिला रहेका छन् । जागिर गुमाउनेहरु मध्ये अधिकांश हेरात प्रान्तका १८ वटा सञ्चारकेन्द्र र परवान प्रान्तका १० सञ्चार केन्द्र सम्वद्ध पत्रकारहरु रहेका छन् ।