जनकपुर । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।
काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।
कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।
१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारीको मतगणना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण