जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान साढे ९ बजेबाट सुरु मतदान राती ८ बजे सम्पन्न भएको थियो।
नेपाली कांग्रेस प्रदेश अधिवेशनमा कुल १ हजार ९ सय ३८ मतदाता रहेकोमा १ हजार ८ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल चार बुथ राखिएको थियो। निर्वाचन समितिका अनुसार धनुषा र महोतरीको बुथमा कुल ४ सय ६६ मतदाता रहेकोमा शत प्रतिशत मत खसेको छ। सिरहा र सप्तरीको बुथमा रहेको कुल ४ सय ९४ मतदातामा ४ सय ६५ मत खसेको छ।
सर्लाही र रौतहटको बुथमा कुल ४ सय ९० मतदातामा ४ सय ८२ मत खसेको छ भने बारा र पर्साको बुथमा रहेको कुल ५ सय ९ मतदातामा ४ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी अधिवेशनमा ७२ पदका लागि मंगलबार १८० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये पाँच जना सदस्य बुद्यबानै निर्विरोध चयन भइसकेका छन्। बाँकी ६७ पदका लागि मतदान भएको छ।
प्रदेशको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट कृष्ण यादव र संस्थापनइतर (विमलेन्द्र निधि) पक्षबाट नेपाली कांग्रेस प्रदेश २ संस्दीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको बताइएको छ।
अर्का उम्मेदवार कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन्। रामसरोज निधि र शेखर कोइराला पक्षका संयुक्त उम्मेदवार रहेकाले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो