पन्जाब । भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ । बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो ।
विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलयनजिक पर्छ । अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ पुस २०७८, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’