काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार चारवटा अध्यादेश स्वीकृत गरेको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदले नाराबाजी रोकेनन् ।
यसपछि सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विभिन्न चारवटा अध्यादेशलाई स्वीकृत गरेको हो । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ पुस २०७८, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग