काठमाडौँ । नेपाली काँग्रेसको थारुतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षकै चार जना निर्वाचित भएको छन् । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा समाहित भएका उनीहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका उनीहरु १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिबाट अनुमोदन भएका छन् । रामजनमले २४२२ मत ल्याउँदा योगेन्द्रले २१६० मत ल्याएका छन् । यस्तै थारु महिलातर्फ २ सिटमा पनि देउवा पक्षकै कल्पना चौधरी र जीवन राना विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ पुस २०७८, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार