काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।
पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा अटाउन सकिनन् । राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी उनी आगामी ४ वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् ।
चार जना महिलामा शेखर कोइराला प्यानलबाट उनको मात्र उम्मेदवारी परेपनि किरण पराजित भइन् । शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् ।
यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ पुस २०७८, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप