काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरू भएको छ।
सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू(भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
न्यून चापीय प्रणालीले न्यूनतम तापक्रम थोरै बढ्नसक्छ भने अधिकतम तापक्रम घट्ने हुन्छ। अर्थात बिहान चिसो केही कम र दिउँसो घाम लागे पनि न्यानो कम न्यानो हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
‘न्यून चापीय प्रणालीको आंशिक प्रभावले रातिदेखि अलिअलि बादल छ, खासै त्यस्तो ठूलो प्रभाव होइन, उच्च पहाडी भूभागमा हल्का हिमपात मात्र हुनसक्छ भने तराईका भागमा हुस्सु लाग्नसक्छ। नभए आंशिक बदलीको अवस्था हो’, मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौंको आकाशमा पनि हल्का बादल लागेको छ। आजबाट यो प्रणाली हटेर जान्छ।’
कँडेलका अनुसार घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन। तराईका भू–भागमा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ पुस २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना