काठमाडौं । सभामुख अग्नि सापकोटाले मंगलबारका लागि बोलाएको प्रतिनिधि सभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संघीय संसद सचिवालयका अुनसार कार्यव्यवस्था परामर्श समितिको बैठक पुस ६ गते बिहान ११ः ३० बजेका लागि बोलाइएको छ ।
सभामुखको अध्यक्षतामा बस्ने उक्त बैठक संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने जनाइएको छ । प्रतिनिधि सभाको बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसद सचिवालयले उक्त बैठकका सम्भावित कार्यसुची समेत सार्वजनिक गरेको छ । जसमा दुई अध्यादेश अस्वीकार र दुई अध्यादेश स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यसूची छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी