प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, १६ : ५७
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । यद्यपी, बैठक बोलाइनुको कारण भने खुलाइएको छैन । 

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बैठकमा संसद् अवरोध र एमसीसीको विषयमा छलफल हुनसक्ने स्रोतको दावी छ । 

sharethis sharing button

प्रतिक्रिया दिनुहोस