काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीमध्ये हालसम्म सभापतिसहित ५ जना निर्वाचित भएका छन्।
सभापतिमा शेरबादुर देउवा दोस्रो पटकमा निर्वाचित भए। शेखर कोइरालालाई हराएर उनी सभापतिमा निर्वाचित भएका हुन्। देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत पाएका थिए।
यस्तै कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्। खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याए। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका उम्मेदवार हुन्।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए। कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याएका थिए।
बिहीबारै भएको मतगणनाबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्। गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्।
उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो। गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाशले महामन्त्रीमा उम्मेदवारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता