अछाम । नेकपा एमालेका वरिष्ठ नेता डा। भीम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताएका छन् । राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने उनको भनाइ छ ।
अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुट फुट गराउन कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताए । २०५४ सालमा पार्टी फुट्दाको पीडा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताए । देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनुपर्नेमा उनले जोड दिए ।
पार्टीभित्रको विधि पद्धतीप्रति संकेत गर्दै पार्टीभित्रको अराजकता अन्त्य हुनुपर्ने उनको सुझाव छ । हालैमात्र पार्टीको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भएको रावलले बताए । नेता रावलले संसद नियमित चल्नुपर्नेमा जोड दिए । सरकारका नियमित कामकारबाही चलिरहने गरी सदन अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताए । सदन अवरुद्ध गर्नुले यतिबेला कुनै षड्यन्त्रको खेल भइरहेको उनको आशंका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै