काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।
उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । महाधिवेशन प्रतिनिधिहरुले दुवै युवा महामन्त्री एउटै जोडी बनेर काम गरुन् भन्ने अपेक्षाका साथ आफूहरुलाई मत दिएको उनको भनाइ थियो । उनले पहिलाभन्दा अझ जिम्मेवार, अझ मेहनती बन्नुपर्ने भन्दै यस दिशामा आफू गम्भीर भएर अघि बढ्ने बताए ।
आफूलाई फरक विचार समूहमा रहका साथीले समेत मत दिएर जिताएको भन्दै शर्माले फरक विचार समूहका साथीहरुलाई समेत समेटेर अघि बढ्ने जिम्मेवारी आफ्नो काँधमा आएको प्रस्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा
गगन थापा प्रधानमन्त्री बन्ने मुभमेन्टले राष्ट्रव्यापी प्रभाव बढाइरहेको छ : विश्वप्रकाश शर्मा
अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गर्नुपर्नेमा विश्वप्रकाश शर्माको जोड
आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्नेमा विश्वप्रकाश शर्माको जोड