काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुनसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमद र ३२ वर्षीय मोहमद सइद इब्राहिम शेख रहेका छन् ।
दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा इर्सादले प्लाष्टिकले बेरी ल्याएको करिब ४ सय ४२ ग्राम र महोमदले मलद्वारभित्र लुकाई ल्याएको करिब ३ सय ७९ ग्राम सुनसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उक्त सुनसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ