काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुनसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमद र ३२ वर्षीय मोहमद सइद इब्राहिम शेख रहेका छन् ।
दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा इर्सादले प्लाष्टिकले बेरी ल्याएको करिब ४ सय ४२ ग्राम र महोमदले मलद्वारभित्र लुकाई ल्याएको करिब ३ सय ७९ ग्राम सुनसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उक्त सुनसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ