काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आरोप लगाएका छन् । शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा गुरुङले देउवालाई यस्तो आरोप लगाएका हुुन् ।
‘मेरो सभापति शेरबहादुरजीसँग आग्रह छ । तपाइँ जित्नु भयो, के के गरेर जित्नु भयो ? के सौदा गर्नुभयो ? कहाँकहाँ कसलाई कुनामा लिएर जानु भयो ? त्यो तपाइँका कुरा, हामी औँला उठाउँदैनौँ ?’ उनले भने, ‘प्रजातन्त्रमा हारलाई स्वीकार गर्ने स्वभाव प्रजातन्त्रवादीहरुको हुनुपर्छ । थाहा छ हामीलाई के के भएको हो ? अहिले यत्रो विधि पत्रकाहरू, तपाइँहरूको अगाडि भन्दिनँ । मेरो स्तरले त्यो सुहाउँदैन् ।’
गुरुङले देउवालाई पार्टी भित्र व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्रधान मानेर काम गरे आफूहरूले पनि सहयोग गर्ने बताए । उनले भने, ‘जे गरेर जिते पनि हाम्रो नेता तपाइँ, तपाइँ हाम्रो सभापति । हामी तपाइँलाई सहयोग गर्न तयार छौँ । तर, त्यो सहयोगको सर्त के भयो भने पार्टीलाई नीति प्रधान बनाउनु होस् । अनि हामी सहयोग गर्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन