काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेसबुक पेजको कमेन्ट सेक्सन नै बन्द गरेका छन् ।
नेतृत्व परिवर्तन गर्नुपर्ने माग गर्दै आएका सिंह अन्तिममा देउवालाई नै सघाउने गएपछि प्रतिनिधि आक्रोशित भएका छन् । सामाजिक सञ्जालमा कार्यकर्ताहरुले सिंहको चर्को आलोचना गरिरहेका छन् । सोही गाली खानबाट बच्न सिंहले कमेन्ट सेक्सन बन्द गरेको अनुमान गरिएको छ ।
१४औं महाधिवेशनमा सिंहले पनि उम्मेदवार दिएका थिए । तर, पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाएका थिएनन् । दोस्रो चरणमा सिंहले देउवालाई सघाएका थिए । उनले फेसबुकमार्फत् देउवालाई बधाई दिँदै लेखेका छन्, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह