जलेश्वर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् । उनले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताइन् ।
जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन् । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेका थिए । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
अर्ली महाधिवेशनबाट अध्यक्ष फेरौँ, सिनो काँधमा बोकेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री
यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँः रामकुमारी झाँक्री